कस्तो छ आज तपाईको भाग्य ? हेर्नुस् राशिफल

मेषः चु,चे,चो,ला,लि,लु,ले,लो,अ

आजको दिनमा चिताएको कामले तीव्रता लिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ ।

वृषः इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

वृष रासि हने मित्रलाई आजको दिनमा रमणीय र सुखद यात्राको योग छ । अनावश्यक झमेलामा परिएला । चुनौतीको सामना गर्नुपर्ला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

मिथुनः का,कि,कु,घ,ङ,छ,के,को,हा

आजको दिनमा मान सम्मान पइनाले मन प्रशन्न रहला । अरुलाई प्रभावित पारेर काम बन्नेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

कर्कटः हि,हु,हे,हो,डा,डि,डु,डे,डो

कर्कट राशिको आज मान प्रतिष्ठामा बृद्धि होला । आकस्मिक धन लाभ हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । शत्रुले काममा बाधा गर्ने छन । पति पत्निबीच विवाद आउने छ । चोटपटक लाग्न सक्छ विचार पुर्याउनु होला ।

सिंहः मा,मि,मु,मे,मो,टा,टि,टु,टे

सिंह राशि हुने मित्रको आजको कला र गलाको प्रभाव बढ्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कन्याः टो,पा,पि,पु,ष,ण,ठ,पे,पो

आजको दिनमा प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । साँझमा पैशा खर्च हुने योगछ ।

तुलाः रा,रि,रू,रे,रो,ता,ति,तु,ते

तुला राशि हुने मित्र हरूको आजको दिनमा शुभ समाचार सुन्न पाईएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नयाँ कार्यको थालनी हुनेछ । वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृश्विकः तो,ना,नि,नु,ने,नो,या,यि,यु

आजको दिनमा प्रेममा मनमुटाव आउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । पार्टनरमा सफलता मिल्नेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ ।

धनुः ये,यो,भा,भि,भु,धा,फा,ढा,भे

आजको दिनमा कूटनीतिक नियोगको सहयोग मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आँटेको र ताकेकोकार्य पुरा होला । स्वास्थ्यमा सुधार आउला । झुटो आरोप आउने छ । अग्नि भय हुनेछ । अध्यानमा रूचि घट्ने छ ।

मकरः भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

मकर राशि हुने मित्रको आज दिनमा नसोचेको ठाउँबाट धनागम हुनेछ ।अनावश्यक ठाउँमा धन खर्च होला । राजनैतिक कार्यमा बाधा आउनेछ । सम्पतत्ती राउने वा नष्ट होला । अरुको भर पर्दा धोका पाइनेछ ।

कुम्भः गु,गे,गो,सा,सि,सु,से,सो,दा,

आज महत्वपूर्ण कामको थालनी हुनेछ । समाचार सुन्न पाइएला । राजननितक कार्यमा सफलता मिल्नेछ । जोश,जाँगर र हिम्मत बढ्ला । नयाँ कार्यको थालनी होला ।

मिनः दि,दु,थ,झ,ञ,दे,दो,चा,चि

आज यात्रामा मालसामान हराउन सक्छ । शुभारम्भको चर्चा चल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।

आजको दिन तपाईको शुभ रहोस् राशिफलमा जे-जस्तो लेखिएतापनि कर्म गर्नुहोस सफल्ता पक्कै हात पर्ने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

बालकक्षा शिक्षकको तलब अब दोब्बर, पुग्ला त श्रम ऐन बमोजिम ?

Play group

काठमाडौँ । सामुदायिक विद्यालयका प्रारम्भिक बालकक्षामा पढाउने शिक्षकको तलब दोब्बर हुने भएको छ । उ...