प्रधानमन्त्री भेट्न सिंगापुर हिडेका एनआरएनएका अध्यक्ष भट्ट विमानस्थलबाटै फर्काइए

प्रधानमन्त्री भेट्न सिंगापुर हिडेका एनआरएनएका अध्यक्ष भट्ट विमानस्थलबाटै फर्काइए

काठमाडौँ । मदिरामा लठ्ठिएर अभद्र व्यवहार गरेको आरोपमा गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टलाई त्रिभुवन विमानस्थलबाटै फर्काइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सिंगापुर जान लागेका भट्टले मदिरा सेवन गरेर अभद्र व्यवहार गरेको भन्दै उनलाई विमानबाट निकालिएको हो ।

भट्ट आवश्यक सम्पूर्ण चेकजाँच सकेर सिल्क विमानको सिटमा बसेका भएपनि क्याप्टेनले अत्याधिक मदिरा सेवन गरेका व्यक्तिलाई बोकेर उडान गर्न नसकिने बताएपछि उनलाई निकालिएको विमानस्थल श्रोतले बताएको छ । उनले विमानका कर्मचारीसहित प्रहरीसँग पनि अभद्र व्यवहार गरेको बताइएको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...