नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुग्याे

१२३२३२४७८७

काठमाडाैँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या झण्डै १३ हजार पुगेको छ । आइतबार थप ४ सय ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १२ हजार ७ सय ७२ पुगेको छ ।

आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङ, झापा, उदयपुर, इलाम, सुनसरी, धनुषा, महोत्तरी, दार्जुला, गोरखा, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोक, गुल्मी, धादिङ, ललितपुर, बाजुरा, कास्की, नवलपुर, बागलुङ, सल्यान, लमजुङ, म्याग्दी, कपिलबस्तु, पाल्पा, प्युठान, दाङ, रोल्पा, रुकुम पश्चिम लगायतका जिल्लामा गरी थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

पछिल्लो २४ घन्टामा बाजुरामा ६३, महोत्तरीमा ५६, गुल्मीमा ३८, प्युठानमा ३५, दाङमा ३४, बाजुरा र नवलपुरका ३१-३१, बाग्लुङका २९, कैलाली, मोरङ र रौतहटमा १७-१७ जना, डोटीमा १३, रुपन्देहीमा १२,धनुषामा १० र कपिलबस्तुमा ८ जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै, उदयपुर, तनहुँ र अर्घाखाँचीमा ६-६ जना, कास्कीमा ५, खोटाङमा ४ र झापा, दोलखा, पर्वत, म्यादी र पाल्पामा २-२ जना, सिन्धुपाल्चोक, ललितपुर, गोरखा, सर्लाही, इलाम, सुनसरी, लमजुङ, रुकुम पश्चिम, सल्यान, रोल्पा, स्याङ्जा, दार्चुला, डडेल्धुरामा १-१ जनामा कोरोना संक्रमण भएको छ ।

नयाँ संक्रमितमा महिला १०५ र पुरुष ३५८ जना रहेका छन् । यसैगरी कोरोना निको हुनेको संख्या ३ हजार नाघेको छ । यो सँगै कोरोना निको हुनेको संख्या ३ हजार १३ पुगेको उनले बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...