आज पनि देशभर मौसममा बदली हुने, सतर्क रहन आग्रह

Weather nepal

काठमाडौं । अहिले देशभर दक्षिण पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको वायुको प्रभाव कायम रहेको छ ।

यसका साथै मनसुनी न्युन चापीय रेखा नेपाल नजिक रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशभरको मौसममा सामान्य बदली रहेको छ भने केही स्थानमा वर्षा भईरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको विभागले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५ का एक, दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।

प्रदेश १, प्रदेश ५ तथा सुदुरपश्चिम प्रदेश का एक, दुई स्थानमा भारी वर्षाको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस