७७ वटै जिल्लामा फैलियो कोरोना, रसुवाको ९ जनासहित थपिए ५५४ संक्रमित

1586848470coronavirus news scientists is

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार रसुवामा पनि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालका ७७ वटै जिल्लामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कूल संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा १८ महिला र ११८ पुरुष गरी १३६ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको कूल संख्या २८ सय ३४ पुगेको छ।  
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...