खोलाले बगाएर युवतीको मृत्यु

Khola death


काठमाडौँ । खोला तर्ने क्रममा  बगाउँदा  एक युवतीको मृत्यु भएको छ ।  नौमूले गाउँपालिका ५ की २५ वर्षीया पविसरा शाहीको अपराह्न ३ बजेतिर खोला तर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।
वडा नजीकै रहेको सामेखोला तर्ने क्रममा बगाएर उनको मृत्यु भएको हो । लगातार वर्षात्सँगै खहरे  ठूलो भएर आएको र तर्ने क्रममा  बगाएपछि शवसमेत निकाल्न नसकिएको प्रहरीले जानकारी दिएको छ । शव खोलाको बीच ढुंगामा अड्किएको बताइएको छ ।
 

प्रतिकृया दिनुहोस