नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहले दिए राजीनामा

नेकपा प्रदेश २ अध्यक्ष प्रभु साहले दिए राजीनामा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले अध्यक्ष पदबाट राजीनामा दिएका छन् । साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार राजीनामा बुझाएका हुन् । प्रदेश २ को अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्न नेतृत्वबाट निरन्तर असहयोग भएको भन्दै राजीनामा दिएको साहका निजी सचिव निभेष कुमारले जानकारी दिएका छन् । नेकपाले गतसाल असोज ५ गते सातै प्रदेशका अध्यक्षको जिम्मेवारी तोकेको थियो साहले सोही समय प्रदेश २ अध्यक्षको जिम्मेवारी पाएका थिए । 

साहलाई जिम्मेवारी दिएकोमा नेकपाका बरिष्ठ नेता माधव नेपालले असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।  साहले प्रदेश सदस्य चयन हुँदा आफूसँग सल्लाह नगरेको, सर्वसम्मत चयन गरेको जिल्ला कमिटीको तोकिएको सपथ ग्रहण माधव नेपालको विरोधका कारण प्रचण्डले रोकेको, जनप्रतिनिधिलाई दिने भनेको प्रशिक्षण नेताहरूकै विवादका कारण रोकिएको, लगातार असहयोग र घेराबन्दी भएको आरोप लगाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...