लागूऔषध कारोबार गरेको आरोपमा प्रहरी निरीक्षक शाही पक्राउ

Arrested

काठमाडौं । लागूऔषध कोरोक्सको कारोबारमा संलग्न रहेको आरोपमा महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत प्रहरी निरीक्ष पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरोले निरीक्षक रुद्रबहादुर शाहीलाई कार्यालयबाटै नियन्त्रणमा लिएको हो ।
पेप्सिकोलास्थित एक घरबाट ६ सय ५० बोतल कोरोक्स बरामद गरेको थियो ।

लागूऔषधसहित पक्राउ परेका एक युवकलाई सोधपुछ गर्ने क्रममा प्रहरी निरीक्षक शाहीले नै ओसारपसार गरेको पुष्टि भएपछि उनी पक्राउ परेका हुन् ।

इन्स्पेक्टर शाही नियमित त्यहाँ जाने र आफू पनि लागूऔषध सेवन गर्ने खुलेको छ ।

प्रतिकृया दिनुहोस