प्रधानमन्त्री ओलीलाई व्यांग्य गर्दै ‘बेसार पानी’ सार्वजनिक (भिडियो)

Basarnews of kantipath

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा ‘बेसार’ शब्द भाइरल भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा प्रयोग यो शब्दलाई व्यांग्य गर्दै यतिबेला एक प्यारोडी गीत ‘बेसार पानी’ सार्वजनिक भएको छ । 

गीत मार्फत केपी बाले भनेको कोरोनाको औषधि त बेसार पानी रे भनिएको छ ।

गीतमा प्रदिप त्रिपाठी, किशोर नेपाली र प्रदिप तिवारीको स्वर रहेको छ ।

गीतमा शब्द तथा संगीत गायकहरुकै छ भने संगीत संयोजन तारानाथ आचार्यको रहेको छ ।

ब्याण्डसहित छायांकन गरिएको यस भिडियोमा गणेश सापकोटाको छायाँकन, सुवास अमगाईको सम्पादन तथा गायकहरूकै निर्देशन रहेको छ ।

प्रतिकृया दिनुहोस