चर्कियो न्यायीक आन्दोलन : सत्ता पक्षीय दलित नरम, प्रतिपक्ष गरम (भिडियोसहित)

प्रतिपक्षमा रहेका १४ दल निकट दलित संगठनहरुले प्रदर्शन गर्दा डेढ दर्जनलाई पक्राउ

Rukum ghatna ko birodh

काठमाडौं । पश्चिम रुकुम घटना लगायत देशभर दलित समुदायमाथि भइरहेका हत्या र अपमानका विरुद्ध देशभरका दलित समुदाय आन्दोलनमा छन् । खासगरी सोतीमा नवराज विकसहित ६ जना युवाहरु मारिएपछि देशभरका दलित समुदाय आन्दोलनमा छन् ।

देशभर आन्दोलन चर्किरहँदा राजधानीमा भने आन्दोलन दुई ध्रुवमा बाढिएका छन् । सत्ता पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दलित संगठन र प्रतिपक्षमा रहेका १४ दलहरुका भात्रृ संगठनहरु आन्दोलनमा छन् ।

रुकुम पश्चिममा भएको वर्वर हत्याका विरुद्ध प्रतिपक्षमा रहेका १४ दल निकट दलित संगठनहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरे । प्रदर्शनका क्रममा प्रहरीले डेढ दर्जनलाई पक्राउ गरेको छ । तर, राजधानीमा पहिलोपटक सडक प्रदर्शन गरेको नेकपा निकटको दलित मुक्ति संगठनले भने शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ ।

उनीहरु रुकुमको सोतीमा भएको हत्याकाण्डको विरोध गर्दै प्रधानमन्त्री निवासमै ज्ञापन पत्र बुझाउन जाँदा भएको प्रदर्शनका क्रममा सांसद लक्ष्मी परियार, संविधानसभा सदस्य जीवन परियार, टेकबहादुर विक, राजकुमार हिंमाङ, ​रणबहादुर रम्तेल, ​राम नेपाली, सुनिता मरिक (डोम), दुर्गा बराइली, शर्मिला बागचन, शोभा सेन्चुरी, नानीमैया फुर्कोटी, धर्मराज विडवाल, ​संघर्ष दाहाल, ​हिक्मत महरा, लक्ष्मी थापा लगायत डेढ दर्जन अधिकारकर्मी पक्राउ परे । पक्राउ परेका सबैलाई साझ ५ बजेपछि भृकुटीमण्डपबाट रिहा गरेको छ ।

यता रुकुम पश्चिममा भएको वर्वर हत्या काण्डको विरोधमा पहिलोपटक सत्ता पक्षीय दलित संगठन सडकमा उत्रिएको छ । राजधानीको माइतीघरबाट पूदर्शन गर्दै उनीहरु नयाँ बानेश्वर पुगेर सभामा परिणत भएका थिए ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...