ट्रेकिंग गाईडलाई क्रेडिट कार्ड सुविधा उपलब्ध गराउन टान र माछापुच्छ्रे बैंकबीच सम्झौता

Capture

काठमाडौँ ।  ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र माछापुच्छ्रे बैंक बीच ट्रेकिंग गाईडहरुलाई क्रेडिट कार्ड सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।

आज (सोमबार)  माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जु कुमार थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदीले  सम्झौताको समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । विश्वयापी महामारीको रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरसको कारण पर्यटन क्षेत्र र मजदुरहरुमा पर्न गएको नकारात्मक प्रभावलाई मध्यनजर गर्दै टानको पहलमा उक्त सम्झौता भएको हो ।

बैंक र टानबीच टानका सदस्य कम्पनीमा कार्यरत ट्रेकिंग गाईडहरुलाई मासिक १५००० गरि अधिकतम १८०००० सम्मको सिमा सहितको क्रेडिट कार्ड उपलब्ध गराईने सम्झौतामा उल्लेख छ ।  सो सिमा आंशिकरुपमा  ९०००० गरी दुई वटा चरणमा प्रत्येक अर्ध वार्षिक समयावधिमा प्रदान गरिने जनाईएको छ । ट्रेकिंग गाईडहरुले मासिक ५ प्रतिशतको दरले एक बर्षसम्म भुक्तानि गर्नुपर्नेछ ।

क्रेडिट कार्ड सुविधा उपभोग गर्नका लागी आवेदकको उमेर न्यूनतम २१ बर्ष र अधिकतम ६५ बर्ष हुनुपर्नेछ ।  ट्रेकिंग गाईडहरुले माछापुच्छ्रे बैंकमा खाता खोली छुट्टै डेबिट अथोरिटि दिनुपर्ने शर्त रासखएको छ ।

उक्त समझदारीपत्र हस्ताक्षर समारोहमा टानका महासचिव सरिता लामा, वरिष्ठ उपाध्यक्ष नविन त्रिताल, कोषाध्यक्ष ऋतु ग्याम्दान, सदस्य कान्छा शेर्पा, माछापुच्छ्रे बैंकका प्रबन्धक सुनिल खतिवडा, उपप्रमुख (डिजिटल बैंकिंग) विनय रेग्मी र शाखा प्रबन्धक समिर रैनको उपस्थिति रहेको थियो ।
 

 



   


प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...