विद्युतीय सवारी साधनमा लगाइएको कर हटाउन माग

Electric vacile charging station

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनमा सरकारले लगाएको कर हटाउनुपर्ने माग गरिएको छ ।

आज आयोजित ‘वर्तमान नेपालमा विद्युतीय सवारी साधनको महत्व’ विषयक कार्यक्रममा वक्ताले सरकारले विद्युतीय साधनलाई निरुत्साहित गर्ने, त्यसको सञ्चालनमा अङ्कुश लगाउने र खनिज इन्धनलाई प्रवद्र्धन गर्ने बाटोतिर अग्रसर भएको भन्दै गुनासो गरेका हुन् ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत विद्युतीय साधनमा विभिन्न कर लगाएको छ । नासाका अध्यक्ष गोविन्द भट्टराईले विश्व विद्युत्मय भइरहेका अवस्थामा नेपाल भने त्यसबाट ब्याक हट्नु गलत भएको टिप्पणी गरे ।

स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (ईपान) का उपाध्यक्ष कुमार पाण्डेले बजेटको एक तिहाइ लगानी विद्युत् उत्पादनमा लगानी रहेको सुनाउँदै सरकारको यस्तो कदमले बैंक र लाखौँ नेपालीको लगानी खेर जाने अवस्था सिर्जना भएको टिप्पणी गरे ।  सामाजिक अभियानकर्मी लोकेश वलीले बिजुली गाडीले गर्दा देश समृद्ध हुने विश्वास गरे ।

नेपाल न्यू इनर्जी भेहिकल एशोसिएशनका अध्यक्ष नवराज पौडेलले अहिले जनतालाई सस्तोमा गाडी चढ्न पाउने अवसर भएकामा सरकारको पछिल्लो कदमले जनताका आशालाई निरुत्साहित तुल्याएको बताए । नेपाल न्यू इनर्जी भेहिकल एशोसिएशनका सचिव सरोज थापाले नेपालमा विद्युतीय सवारी साधनलाई प्रात्साहन गर्न सकिएको भए धेरै राम्रो हुने बताए ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...