श्री पाथिपरा माताको दर्शन गर्दै हेर्नुहोस्र आज शनिबारको राशिफल

श्री पाथिपरा माताको दर्शन गर्दै हेर्नुहोस्र आज शनिबारको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ । उधारोमा व्यापार हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । छर९छिमेकमा असमझदारी बढ्नेछ । आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ । लगानीतर्फ लागत बढ्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । पछिका लागि गरिएको मेहनत र लगानीले अवश्यै फाइदा दिनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । सामाजिक नेतृत्व हातलागी हुनेछ । व्यापारमा राम्रै फाइदा उठाउन सकिनेछ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ । काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ । अस्वस्थताका बाबजुद जिम्मेवारी थपिनेछन् । अरूका काममा समय बित्न सक्छ । चिताएको काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला । आशा देखाउनेहरूले धोका दिनेछन् । प्रयत्न गर्दा केही काम बन्नेछन् । अरूलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। धर्मकर्म र सेवामूलक काममा मन रमाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला । गोपनीयता बाहिरिनाले काममा समस्या आइपर्ने देखिन्छ । खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ । आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन् । काम बिग्रने भयले पनि सताउनेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ । कमजोरीका बाबजुद कष्टसाध्य काममा जुट्नुपर्ला ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

परिस्थितिवश चिताएको काम रोकिन सक्छ । कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ । हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य चिन्ताले सताउला । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। नयाँ काम थाल्न शुभचिन्तकहरूले मात्र साथ दिनेछन् ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )

अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ । आफ्नैले धोका दिन सक्छन् । हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला । ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना सामानमा अरूले दाबी गर्लान् । परिस्थितिसँग सम्झौता गर्नुपर्ला ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )

प्रयत्न गर्दा राम्रै अवसर पाइनेछ । साथीभाइले पनि सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ । व्यापारमा मनग्गे धनलाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )

आत्मविश्वासको कमीले पछि परिनेछ । बलजफ्ती गर्ने बानीले आफैंलाई अप्ठ्यारोमा पार्न सक्छ। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पनि दुस्ख पाइनेछ । खर्च हुने डरले सताउन सक्छ । वादविवादबाट टाढा रहनुहोला । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सुन्दर पहिरन र लगनशीलताले व्यक्तित्वमा निखारता आउनेछ । काम पूरा हुनाले समय फुर्सदिलो रहनेछ । बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । महत्त्वाकांक्षी कार्य प्रारम्भ होला। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

२१ वर्षसम्म बाबुले गरे आमाको सहयोगमा छोरीलाई बारम्बार बलात्कार 

काठमाडौँ । यौन हिंसाको घटना विश्वभरका लागि एउटा समस्या बन्दै गइरहेको छ । सार्वजनिक ठाउँमा होस् पर...