मनसुन बन्यो सक्रिय, देशभर भारी वर्षा हुने

Weather nepal

काठमाडौं । अहिले देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

आज दिउँसो देशभरको मौसममा सामान्यदेखि पुर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, २, ५, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक, दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । आज राती सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा प्रदेश ५ मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरुका साथै प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस