अभिनेत्री बस्नेत कोरोना सङ्क्रमणबाट मुक्त

Nirisha basnett

काठमाडौं । भारतको मुम्बईमा रहेर सिरियलमा काम गरिरहेकी अभिनेत्री निरिषा बस्नेतलाई कोरोना सङ्क्रमण भएको थियो । कोरोना सङ्क्रमण भएको पुष्टि हुनेसाथ उनी चिकित्सकको निगरानीमा थिइन् ।

निरिषाले सामाजिक संजालबाट आफूलाई कोरोना भएको जानकारी गराएकी थिइन् ।

यतिबेला भने अभिनेत्री निरिषा कोरोना सङ्क्रमण मुक्त भएकी छन् । उनका पिता कलाकार तथा निर्माता विश्व बस्नेतले निरिषा कोरोनाबाट मुक्त भएको र क्वारेन्टाइनबाट फर्किएको जानकारी दिदै शुभेच्छुक सबैलाई धन्यवाद दिएका छन् ।

निरिसाले केही समय बलिउडमा काम गरिसकेपछि नेपाली चलचित्र जानी नजानी मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् ।

उनले भारतमा भारतीय सिरियल ’चन्द्र नन्दिनी’ मा काम गरिसकेकी छन् । उनी यति बेला भारतमा नै रहेर कलाकारितामा सङ्घर्ष गरिरहेकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...