कोरोनाले बन्द भएको वैदेशिक रोजगारी खुल्ला गर्ने सरकारी निर्णय

कुटनीतिक नियोगका सदस्यहरुलाई ‘प्रोटोकल’ सहित जान छुट दिइने

Pradeep gyawali

काठमाडौं । सरकारले वैदेशिक रोजगारी खुल्ला गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण वैदेशिक रोजगारी बन्द गरेको सरकारले पुनः खोल्ने निर्णय गरेको हो ।

शुक्रबार कोरोना भाइरस संक्रमण संकट व्यवस्थापन केन्द्रको बैठकले नयाँ रोजगारीमा जान चाहने नेपालीलाई जाने अनुमित दिने निर्णय गरेको हो ।

सरकारले वैदेशिक रोजगारीका लागि विदेश जानेहरुलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिफारिस गरेर पठाउने निर्णय गरेको छ । त्यसैगरी वैदेशिक रोजगारीमा रही विदामा नेपाल आएकाहरुको हकमा पनि यही नियम लागू हुने जनाएको छ ।

सिसिएमसीले वैदेशिक रोजगारीमा रही बिदामा नेपाल आएका वा नयाँ रोजगारीका लागि विदेश जानेहरूको हकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सिफारिस गरेर पठाउने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

सिसिएमसीले सम्बन्धित देश र रोजगारदाताले खर्च नव्यहोर्ने तथा आफ्नो खर्चमा नेपाल आउन नसक्ने श्रमिकहरुको हकमा सरकारी खर्चबाट नेपाल फर्काउने कार्यविधि बनाएर लागू गर्न श्रम मन्त्रालयलाई निर्देशन दिएको छ ।

विदेशमा रहेका नेपाली कुटनीतिक नियोगका कर्मचारीहरुका परिवारका सदस्यहरुलाई आवश्यक ‘प्रोटोकल’ सहित जान छुट दिने निर्णय पनि सिसिएमसीले गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस