घर भाडा मिनाहा गर्ने हिलेका घरधनीहरुलाई सम्मान

Hile samman

धनकुटा । धनकुटाको प्रमुख व्यापारिक केन्द्र धनकुटा हिले बजारमा घर भाडा छुट गर्ने घरधनीहरु सम्मानित भएका छन् । लकडाउनको अवधीमा घर भाडा छुट गर्ने घरधनीहरुलाई धनकुटा उद्योग बाणिज्य संघले बिहीबार हिले बजारमा विशेष सम्मान गरेको छ ।

लकडाउनको समयमा व्यापार व्यावसाय बन्न्द हुँदा अत्यन्तै ठूलो मारमा परेका धनकुटा हिलेका व्यवसायी तथा व्यापारीहरुलाई घर भाडा मिनाहा गरी दुःखमा महत्वपूर्ण सहयोग गरेको भन्दै धनकुटा उद्योग बाणिज्य संघले हिले बजारका घरधनीहरुलाई दोसल्ला तथा खादा ओढाएर सम्मान गरेको हो ।

धनकुटाको प्रमुख हिले बजारका ५६ जना घरधनीहरुलाई धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, निर्वतमान अध्यक्ष उमेश घिमिरे, पूर्व अध्यक्ष लालचन्द्र गोङेवा तामाङ, उपाध्यक्ष खगेन्द्र विष्ट, कृष्णराज श्रेष्ठ, महासचिव रामबहादुर गोङ्वा, सचिव श्रीराम रायोमाझी, कोषाध्यक्ष रुपेश श्रेष्ठ, कार्यकारी सदस्यहहरु राम घिसिङ तामाङ, नगेन्द्र काफ्ले र जन भावना होमियोप्याथिक हस्पिटल प्रालिका संचालक डा. खगेन्द्र कटुवालले दोसल्ला तथा खादा ओढाए र टिका लगाई दिएका थिए ।

यसरी सम्मानित हुनेहरुमा धनकुटा उद्योग बाणिज्य संघ पूर्वअध्यक्ष लालचन्द्र गोङ्वा तामाङ, उपाध्यक्ष खगेन्द्रकुमार विष्ट, हिले बजार व्यवस्थापन समितिका अध्यक्ष बुद्ध तिुतङ, निरमाया ठकुरी, वीरबहादुर तितुङ तामाङ, लक्ष्मी लामिछाने, निलबहादुर घिमिरे, अमित लो तामाङ, ईश्वर घिमिरे, सुनिता तावली, डिल्ली गोङदेन, राजु बराइली, हिक्तम श्रेष्ठ ,दावा शेर्पा, सविना राई, दीर्घ आलेमगर, चुङ्दा लामा, तिलक कार्की छन् ।

धनकुटा नगरपालिकाका वडा नं. १ का वडाध्यक्ष निरेन तामाङ, बलबहादुर योञ्जन, मैता सिंह घिसिङ, शुभ चन्द्र मोक्तान, निरबहादुर तामाङ, केशवकुमार श्रेष्ठ, थामबहादुर लिम्बु, ठगेन्द्रकुमार लिम्बु, कुमार राई, नरहरी गोङदेन, एमबहादर लुङगेली, अमर श्रेष्ठ, एलबि मगर लगायत हिले बजारका थप २६ जनाले घर भाडा छुट गर्ने घोषणा गरेकाले उनीहरुलाई पनि सम्मान गरिने धनकुटा उद्योग बाणिज्य संघका महासचिव रामबहादुर तामाङले बताए ।

प्रतिकृया दिनुहोस