दैलेखमा कोरोना जितेर घर फर्कनेको संख्या ३३४ पुग्यो

1100530694covid 19 test

काठमाडौँ । कोरोना संक्रमणको उच्च जोखिम मानिए पनि जिल्ला स्वास्थ्य कार्यालय दैलेखको तथ्याङ्कले कोरोना जितेर घर फर्कनेको सङ्ख्या पनि ह्वात्तै बढेको देखाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन थीरप्रसाद रेग्मीले  बुधबार ३३३ र  र आज बिहीबार एक जना कोरोन जितेर घर फर्केको जानकारी दिए ।

क्वारेन्टिन र आइसोलेशनमा २५ दिन पुगेका र दुई पटकसम्म पिसिआर गरिसकेका नागरिकलाई कुनै पनि लक्षण नदेखिएपछि जिल्ला सुरक्षा परिषद्ले निर्णय गरेर घर पठाउने गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।

दैलेखमा कोरोना संक्रमित ७२१ पुगेका छन् । करीब एक हजारको रिपोर्ट आउन  अझै बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...