दैलेखमा कोरोना निको हुने र थपिने क्रम जारी

Dailekh jilla e1585406311694

काठमाडौँ । कर्णाली प्रदेशमा पहिलो कोरोना सङ्क्रमित पुष्टि भएको दैलेखमा कोरोना निको भएर घर जाने र सङ्क्रमित भइ  भर्ना हुने अहिले दैनिकी जस्तै हुन थालेको छ ।  पछिल्लो सयम यहाँ सङ्क्रमित सङ्ख्या बढी देखिएको छ ।

गत मङ्गलबार मात्रै १८४ ले कोरोना जितेर खुशी हुँदै आफ्ना घर फर्किएका छन् भने ९४ जना कोरोना पुष्टि भई उपचारका लागि भर्ना भएका थिए । “निको भएर घर जाने र सङ्क्रमित भएर उपचारका लागि भर्ना हुनेको सङ्ख्या उस्तै दरमा देखिएको छ”, जिल्ला अस्पतालका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले भने’ “जिल्लामा ६३३ कोरोना पुष्टि भएका उपचारका लागि भर्ना छन्, दैनिक  थपिने र  निको भएर जाने क्रम जारी छ ।” गत सोमबारमात्रै ९१ मा कोरोना पुष्टि भएको थियो ।

सङ्क्रमित थपिए पनि निको हुने दर उत्तिकै देख्दा निकै खुशी तुल्याएको र विषेशगरी आयुर्वेदिक उपचार विधिद्वारा उपचार गर्दा बिरामीको  स्वास्थ्यमा  सुधार आएको उनले जानकारी दिए ।  जिल्ला अस्पतालका अनुसार जिल्लामा गत मङ्गलबारसम्म १८४ जनाले कोरोना जितेर घरमा फर्किसकेका छन् । सबैभन्दा धेरै घर फर्किनेहरुमा नारायण नगरपालिकाका १४५ र दुल्लु नगरपालिकाका ३४ रहेका छन् ।

त्यस्तै डुङ्गेश्वर गाउँपालिकाका तीन र गुराँस गाउँपालिकाका दुई जनाले कोरोना जितेर घर फर्किँदा जिल्लामा कोरोना जितेर घरमा फर्किनेको सङ्ख्या १८४ पुगेको छ  । जिल्लाभरि ६३३ कोरोना सङ्क्रमितमध्य १८४ कोरोना जितेर घरमा फर्किसकेका छन् भने बाँकी ४४९ को उपचार भइरहेको जनाइएको छ ।

सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएकाले निषेधाज्ञा जारी राखिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । एघार स्थानीय तह रहेको जिल्ला हालसम्म ६३३ कोरोना पुष्टि भएका छन् भने सयौँको स्वाब सङ्कलन गरी परीक्षणका लागि सुर्खेत र जुम्लामा पठाइएको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...