छैठौँ चुरे दिवसको अवसरमा मन्त्री बस्नेतद्धारा वृक्षारोपण

104290735 258218375460087 1941985198834342078 n

काठमाडौँ । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले वृक्षारोपण गरेका छन् । राष्ट्रपति चुरे तराई मधेश विकास समितको छैठौँ  वार्षिक उत्सवको अवसर पारेर मन्त्री बस्नेतले वृक्षारोपण गरेका हुन् ।

‘चुरेको माटो चुरेको सफा पानी सबैलाई’  भन्ने मुख्य उदेश्यको साथ चुरे दिवस विभिन्न खालका सचेतनामूलक कार्यक्रम गरि मनाइँदै छ । महाभारत पर्वत श्रृंखलाको दक्षिणी सिमानाबाट तराई मैदानको उत्तरी सिमाना बीचको होंचो डाँडा र पर्वत श्रृंखलालाई चुरे भनिन्छ ।

नेपालको कूल भूभागको १२ दशमलव ७८ प्रतिशत चुरे क्षेत्रमा पर्दछ । पूर्ण रुपमा नखाँदिएको खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरु चुरे क्षेत्र भई तराईतर्फ बग्ने भएकाले प्राकृतिक रुपमा यो क्षेत्र अत्यन्त संवेदनशील मानिन्छ ।

पछिल्लो समय चुरेको वन विनाश , ढुंगा गिट्टी जस्ता नदीजन्य पदार्थको उत्खनन र सडक निर्माण जस्ता कामले चुरे क्षेत्र जोखिम परेको छ । चुरे संरक्षणका लागि आर्थिक वर्ष २०६७/२०६८ देखि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सन्चालन हुँदै आएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...