खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष शेर्पाको निधन

Nim dorji sherpa

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ ।

लामो समयदेखि क्यान्सर रोगबाट पीडित शेर्पाको आज विहान साढे ८ बजे आफ्नै निवासमा निधन भएको हो । उनी गत स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए ।

आन्द्राको क्यान्सरबाट पीडित उनको विगत १० महिनादेखि निरन्तर उपचारत शेर्पा भारत लगायत नेपालमा समेत निरन्तर उपचार भइरहेको थियो ।

चौरीखर्कको श्री महेन्द्र ज्योती माबिबाट एसएलसी उत्तिर्ण गरेपछि उनी निरन्तर समाज सेवामा खटिएका थिए । केही समयअघि मात्र उनलाई घरमै आरम गर्न र औषधी सेवन गर्न चिकित्सकले दिएको सल्लाहअनुसार हेलिकप्टरमार्फत गाउँ नै फर्काइएको थियो ।

गाउँपालिका कार्यालयले शेर्पाको निधनले सिंगो गाउँपालिका मर्माहित भएको र शोकाकुल परिवारजन र खुम्बु पासाङ ल्हामुबासीमा धेर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भन्ने कामना गरेको छ ।

प्रतिकृया दिनुहोस