रोयल बोरो अफ ग्रीनह्वीच नेपाली सोसाइटी युकेले रुकुममा दियो राहत

Uk help rukum

रुकुम । बेलायतस्थित रोयल बोरो अफ ग्रीनह्वीच नेपाली सोसाइटी युकेले रुकुमको सानी भेरी गाउँपालिका वडा नं. २ मा ४० घर परिवारलाई खाद्यान्न राहत वितरण गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले त्यसको नियन्त्रणका लागि गत चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । जसका कारण आम जनता समस्यामा परेका छन् । लामो समयदेखि जारी लकडाउनका कारण समस्यामा परेका सानीभेरी गाउँपालिका वडा नं. २ का स्थानीयलाई रोयल बोरो अफ ग्रीनह्वीच नेपाली सोसाइटी युकेले सोमबार खाद्यन्न राहत वितरण गरेको हो ।

सोसाइटीले ४० घर परिवारलाई राहतस्वरुप प्रति घर १ बोरा चामल, ३ किलो दाल, २ लिटर तेल र २ केजी नुन प्रदान गरेको रोयल बोरो अफ ग्रीनह्वीच नेपाली सोसाइटी युकेकी अध्यक्ष शर्मिला शेरचन थकालीले बताइन् ।

राहत बितरण कार्यक्रममा रुकुमबाट रास्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसद ठगेन्द्रप्रकाश पुरीले कोरोनाको कहरविरुद्दको लडाईमा स्वदेश र बिदेशमा रहने नेपाली नागरिकहरुको संगठित एकता, संयमता र सहकार्य आवश्यक रहेको बताए । उनले विषम् परिस्थितिमा राहत प्रदान गरेर संस्थाले उच्च मानवीय काम गरेको बताए ।

कार्यक्रमका बेलायतका इरिथ एन्ड थामेसमीडका सांसद अबेना ओपेङ असरेले कोरोनाको महामारी बिरुद्धको लडाइँमा बेलायत सधैं नेपाल र नेपालीहरुको साथमा रहने प्रतिबद्धता ब्यक्त गरिन् ।

सानी भेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर बिष्टले राहत बितरण गर्ने संस्था र सहयोगी हातहरुप्रति धन्यवाद व्यक्त गरेका थिए । राहत बितरणको संयोजन नेपाली वेल फेयर सोसाइटी युकेका धनबहादुर सार्कीले गरेका थिए ।

कार्यक्रममा दलित बिकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली, बेलायतबाट शिबचन्द्र गुरुङ, हरिगोबिन्द गुरुङ , मोहन गुरुङ, श्याम शेरचन, दिपक श्रेष्ठ, जीवन सेन, पत्रकार शिव भण्डारि लगायतले जुममार्फत सम्बोधन गरेका थिए भने कार्यक्रममको सञ्चालन रोयल बोरो अफ ग्रीनह्वीच नेपाली सोसाइटी युकेका उपाध्यक्ष तथा गैरआवासीय नेपाली संघ युकेका सचिव जित रानाभाटले गरेका थिए ।

प्रतिकृया दिनुहोस