सोती हत्या प्रकरण : पोष्टमार्टम्स रिपोर्ट गलत बनाइएको भन्दै अस्पताल तोडफोड, प्रहरीद्धारा हवाई फायर

Jajarkaot hospital

जाजरकोट । गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी नगरपालिका वडा नं. ८ को सोतीमा मारिएका ६ जनाको पोष्टमार्टम्स रिपोर्ट गलत आएको भन्दै जाजरकोटमा आन्दोलन चर्किएको छ ।

सिंगो गाउँले मिलेर कुटिकुटी हत्या गरिएका नवराज विकसहितका ६ जनाको पोष्टमार्टम्स रिपोर्टमा नदीमा डुबेर मारेको रिपोर्ट आएपछि जाजरकोटवासी आक्रोसित बनेका छन् । पोष्टमार्टम्स रिपोर्ट गलत आएको भन्दै पीडितका आफन्तले जिल्ला अस्पताल तोडफोड गरेका छन् ।

सो रिपोर्टले पीडितलाई झन पीडा दिएको भन्दै सोती हत्या काण्ड संघर्ष समितिले गरेको आन्दोलनका क्रममा जिल्ला अस्पताल जाजरकोटमा ढुंगामुढा भएको छ । आक्रोसित स्थानीयले अस्पतालमा आगोसमेत लगाएका छन् । आन्दोलनका क्रममा प्रदर्शनकारीले ढुंगा हान्दा एक्स रे मेसिन विग्रिएको छ ।

प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न खोज्दा गैरदलित समुदायले ६ जनाको क्रुर तरिकाले हत्या गरेका कारण जाजरकोटबासी न्यायका लागि आन्दोलनमा उत्रिएको संघर्ष समितिकी सदस्य पार्वती विश्वकर्माले बताइन् । उनले मृतकका परिवारलाई न्याय दिने बेलामा उल्तै पोष्टमार्टम्स रिपोर्ट नै गलत बनाइएकाले आन्दोलनमा उत्रिनु परेको उनको भनाई छ ।

प्रदर्शनकारी उग्र बनेपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ भने भीड नियन्त्रण गर्न प्रहरीले हवाई फायरसमेत गरेको । प्रदर्शनका क्रममा नवराज विककी आमा, गणेश बुढामगरका बुबा पदम बुढामगरसहित ६ जना घाइते भएका छन् । केही सुरक्षाकर्मी पनि घाइते भएका छन् ।

सोती निवासी शुष्मा मल्लसँग अन्तरजातीय प्रेम सम्बन्ध रहेका कारण नवराज विकसहित १८ जना युवा जेठ १० मा सोती गएका थिए । तर शुष्मा मल्लकी आमा प्रकाशी मल्लले ‘तँ डुम फेरि आइस् ? तँलाई नमारी भएन’ भन्दै वडाध्यक्ष डम्बरबहादुर मल्ललाई खवर गरेकी थिइन् ।

आमा प्रकाशीले त्यति भनेपछि सबै जना आफ्नो बाटो लागेका थिए । तर, गाउँले भेला भई सबै जनालाई निर्घात रुपमा कुटपिट गरेका थिए । सोही क्रममा नवराज विकसहित ६ जनाको मृत्यु भएको थियो । सोही दिन नवराजको शव भेरी नदीमा भेटिएको थियो भने अरुको पनि शव भेटिएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...