धनकुटाको भेडेटारमा कोरोनाविरुद्ध औषधी वितरण

Vedetar corona help

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघले जन भावना होमियोप्याथी हस्पिटल धनकुटाको सहकार्यमा पूर्वको प्रमुख नाकाको रुपमा रहेको धनकुटाको भेडेटारमा कोरोना विरुद्धको औषधी वितरण गरेको छ ।

पूर्वकै चर्चित तथा पहाडी जिल्लाहरुको प्रमुख नाकाको रुपमा रहेको धनकुटाको भेडेटारमा धनकुटा उद्योग बाणिज्य संघले भावना होमियोप्याथी हस्पिटल धनकुटाको सहकार्यमा कोरोना भाईरसविरुद्ध इमिनिटी पावर बढाउने औषधी तथा सुरक्षित समाग्री सुरक्षाकर्मी, स्वास्थयकर्मी र व्यवसायीहरुलाई वितरण गरेको हो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ, धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष पलकबहादुर वस्नेत, वडा नं. ६ का वडाध्यक्ष यमप्रकाश मगर, प्रहरी चौकी भेडेटारका इन्चार्ज यदु खड्का, भेडेटार होटल एशोसिएसनका अध्यक्ष जितेन्द्र राई लगायत व्यावसायीहरु, भेडेटार नाकामा सुरक्षा जाचमा कार्यरत सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरु र भेडेटारमा कामको शिलशिलामा आएका खुवाफोक, डाडाबजार, महाभारत, आहाले, बुढीमोरगका केही मानिसलाई समेत औषधी वितरण गरिएको छ ।

पूर्वकै पर्यटकीय केन्द्र तथा पूर्वको प्रमुख नाकाको रुपमा रहेको संवेदनशिल क्षेत्र भएकाले त्यहा कार्यरत सुरक्षार्की तथा स्वास्थ्यकर्मी लगायत व्यावसायीहरुलाई कोरना भाईरस लाग्न नदिनका लागी इमिनिटि पावर बढाउन औषधी वितरण गरिएको धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस