१० दिन ढिलो नेपाल भित्रियो मनसुन, सतर्कता अपनाउन आग्रह

Mausm news

काठमाडौं । औसतभन्दा १० दिन ढिलो गरी शुक्रबारदेखि मनसुन नेपाल प्रवेश गरेको छ । अघिल्लो साता नै सुरु हुनुपर्ने मनसुन पूर्वी नेपाल हुँदै शुक्रबार मध्यभागसम्म आइपुगेको हो ।

सामान्यतया १० जुनमा भित्रिने मनसुन यो वर्ष दुई दिन ढिलो गरी शुक्रबार मुलुकको पूर्वी भागमा प्रवेश गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले केही दिनमै पूर्वी भागबाट पश्चिमतिर फैलिने र मनसुनी गतिविधि देखिने भएकाले सतर्कता अपनाउन आग्रहसमेत गरेको छ ।

गण्डकी प्रदेशमा ठूलो वर्षाको पूर्वानुमान गरिएको जल तथा मौसम विभाग अन्र्तगतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा अरु ठाउँमा भने बिस्तारै मनसुन प्रवेश गर्ने छ ।

नेपालसहित दक्षिण एसियाली मुलुकहरूमा यो वर्षको मनसुनमा सरदर वर्षा (नर्मल) हुने विज्ञहरुले आँकलन गरेका छन् । दक्षिण एसियाली मुलुकहरुको आगामी मनसुन प्रक्षेपण गर्न एक महिना अघि गएको भर्चुअल छलफलमार्फत् विज्ञहरुले विश्वभर प्रयोगमा ल्याइएका मौसम विज्ञानसम्वन्धि मोडलहरुको विश्लेषण गर्दै त्यस्तो निष्कर्ष निकालेका हुन् ।

हरेक वर्ष मनसुन सुरु हुनुभन्दा दुई महिनाअघि नै सम्मेलन आयोजना गरेर दक्षिण एसियाली मुलुकहरूको मनसुन प्रक्षेपण गर्ने गरिएको छ । सास्कोफ १६ बंगलादेशको ढाकामा हुने तय भएकामा कोरोना संक्रमणका कारण यसै साता भर्चुअल छलफल भएको हो । छलफलमा जलवायु विज्ञानका जापान, कोरिया, बेलायतलगायत अन्तर्राष्टिय विज्ञहरुसमेत थिए ।

तीन दिन चलेको छलफलमा मौसम विज्ञान आँकलनमा विश्वमा प्रयोगमा ल्याइएका मोडलको माध्यामबाट सम्भावित मनसुन प्रक्षेपण गरिएको हो । त्यस्ता मोडलहरु सबै देशका आ-आफ्नै छन् ।

सबैका मोडलहरुको विश्लेषण गर्दै विशेषज्ञहरुले एउटै प्लेटफर्मबाट विश्वसनीय मनसुन प्रक्षेपण गर्दै आएका छन् । मनसुन प्रक्षेपणका लागि जापान, बेलायत लगायतका विकसित मुलुकहरुले प्रयोग गर्दै आएका मोडलकोसमेत प्रयोग गरिएको छ ।

नेपालको आगामी मनसुनबारे विभागले आउँदो साता बुलेटिन निकाल्ने तयारी गरिरहेको छ । विभागले अहिले छलफलबाट प्राप्त तथ्यहरुलाई विश्लेषण गरिरहेको छ । सामान्यतया जेठ २७, २८ (जुन १०) देखि नेपालमा मनसुन सुरु हुन्छ । नेपालमा असोज पहिलो सातासम्म (सेप्टेम्बर २३) मनसुनी गतिविधि जारी हुन्छ ।

मनसुनी प्रक्रिया करिब १ सय ५ दिन चल्छ । मनसुन अवधिमा वार्षिक वर्षाको ८० प्रतिशत वर्षा हुन्छ । अहिलेको वर्षा प्रि मनसुन गतिविधि हो । चैतदेखि जेठसम्म प्रि मनसुनको समय हो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...