सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय पक्षबीच झडप, तीन जना घाइते

Sima sastra apfnepal

सर्लाही । भारतसँग सीमा जोडिएको सर्लाहीको नारायणपुरमा भारतीय समूहले शुक्रबार बिहान सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गरेको छ ।

सशस्त्र प्रहरीको फायरिङबाट दुई भारतीयलाई घुँडामुनि गोली लागेको छ । एकको अवस्था गम्भीर छ । सशस्त्र प्रहरीको हतियार खोस्ने भारतीयलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । उनलाई पनि गोली लागेको छ ।

सीमा क्षेत्रमा भारतीय नागरिक जवर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने र सशस्त्र प्रहरी बलले रोक्न खोज्दा बारम्बार झडप हुँदै आएको छ । सशस्त्र प्रहरी बलले १० राउण्ड हवाई फायर गरेको छ । आक्रमणकारी तीन जना घाइते भएका छन् । हतियार खोस्न आउने केही व्यक्ति पक्राउ परेको जनाएको छ ।

घटनालगत्तै सशस्त्र प्रहरी र नेपाल प्रहरीको उच्च अधिकारी र भारतका सीमा सुरक्षा बल घटनास्थल पुगिरहेका छन् । केही दिनअघि मात्र सर्लाहीको फेनहारामा तस्करहरुले नेपाली सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेका थिए ।

भीड तितरबितर नभएपछि र प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन गोली प्रहार गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । उनले सीमामा तनाव रहेको जनाउँदै दुई जना भरतीयलाई गोली लागेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...