मन्त्रिपरिषद् बैठकमा लकडाउन खुकुलो बनाउने विषयमा छलफल

मोडालिटी तयार पार्ने जिम्मा उच्चस्तरीय समितिलाई

1591254485 6xxyz

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठक केहीबेर अघ सम्पन्न भएको छ । लकडाउनको मोडालिटी तयार गर्ने बारे छलफल गर्न बसेको उक्त बैठकले कोरोना रोकथाम  तथा  नियन्त्रण समितीलाई दुई दिन भित्र मोडालिटी तयार पेस गर्न जिम्मा दिएको छ ।

समितिले ल्याएको कार्ययोजनापछि पुन : मन्त्रिपरिषद्को बैठक बस्ने र निर्णय गर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले जानकारी दिए।

बैठक सकेलगत्तै बिहीबार राति कुरा गर्दै मन्त्री भट्टले प्रधानमन्त्रीले लकडाउन खुकुलो बनाउने गरी कुन निकाय खुला गर्ने वा कुन निकाय खुला नगर्ने भन्ने विषयमा खाका तयार पार्न निर्देशन दिएको बताए।  लामो समयसम्म लकडाउन जारी राख्दा व्यवसायीले अवज्ञा गर्न थालेपछि यस विषयमा छलफल गर्न बिहीबार अपराह्नदेखि मन्त्रिपरिषद् बैठक बसेको हो।

चैत ११ गतेदेखि देशभर लागू लकडाउन पटकपटक म्याद थप्दै पछिल्लो समय यही जेठ ३२ गतेसम्म लम्ब्याइएको छ। लकडाउनको मोडालिटी परिवर्तनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ विज्ञहरुसँग ५ घण्टा छलफल गरेका थिए। त्यस क्रममा स्वास्थ्यविद्, अर्थविद्, योजनाविद्लगायतले लकडाउनको मोडालिटी परिवर्तन गर्न प्रधानमनत्री ओलीलाई सुझाव दिएका थिए भने प्रधानमन्त्री पनि सकारात्मक देखिएका थिए।
 

प्रतिकृया दिनुहोस