नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो

Corana death10

काठमाडौं । कोभिड-१९ को संकमणका कारण नेपाल थप १ जनाको मृत्यु भएको छ । याे सँगै कोरोना भाइरसबाट नेपालमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

 पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हाे । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा ३ दिनअघि मृत्यु भएको जनाएकाे छ ।

पूर्वखोला -२ जल्पा क्वारेन्टाइनमा रहेका उनलाई स्वास्थ्यमा समस्या भएपछि तानसेनस्थित मिसन अस्पताल पुर्‍याइएको थियो ।

मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले भने, ‘रिपोर्ट पोजेटिभ आएपछि भर्खरै हामीले मन्त्रालयमा खबर गरेका छौं ।’

कोभिडको आंशका गर्दै उनको शव व्यावस्थापन गरिएको थिएन । यस्तै नेपालमा पछिल्लो २४ घण्टामा बिहीबार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २६३४ पुगेको छ ।

याे सँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २९० पुगेको छ ।

प्रतिकृया दिनुहोस