गोठालो गएका तीन बालबालिकाको ठूलो भेरिमा बगेर मृत्यु

Death

काठमाडौँ । डोल्पाको ठूलोभेरि नदीमा बगेर तीन बालबालिकाको मृत्यु भएको छ । ठूलीभेरी नगरपालिका– ९ मोतीपुरमा .गोठालो गएको बेला गाईवस्तु नदीमा गएपछि फर्काउन गएका तीनै जनालाई नदीले बगाएको हो ।

नदीले बगाएर मृत्यु हुनेमा मोतीपुरकी १२ वर्षीया यशोदा भण्डारी र १० वर्षीय विजय कठायत र अन्दाजी ११ वर्षीया गंगा कठायत रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।

११ वर्षीया गंगालाई घटनास्थलदेखि करिब पाँच किमि टाढा बगाउँदै गरेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिका– १ स्थित त्रिपुराकोट बगरबाट मृत अवस्थामा प्रहरी चौकी त्रिपुराकोटका सुरक्षाकर्मीले उद्धार गरेका थिए । उनको उपचारको क्रममा निधन भएको प्रहरी नायब उपरीक्षक रञ्जितकारले बताए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...