सीमानामा अलपत्र परेका मेलाम्चीका ४ जनाको उद्धार

Sindhupalchok udhar

काठमाडौं । लकडाउनका कारण भारतको सीमानामा अलपत्र परेका सिन्धुपाल्चोकका ४ जनाको उद्धार गरिएको छ । चारै जना २५ दिनभन्दा बढी भारतको सीमानामा अलपत्र परेका थिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य तायर अलीको नेतृत्व र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी महासचिव कुमारी लामा (सिन्धुपाल्चोक) को पहलमा भारतको विभिन्न स्थानबाट नेपालको सीमामा आइपुगेर अलपत्र परेका सिन्धुपाल्चोकका ४ जनालाई बिहीबार उद्धार गरिएको हो ।

त्यसरी उद्धार गरिएका सिन्धुपाल्चोक मेलाम्ची नगरपालिकाका इन्द्रबहादुर तामाङ, नर्बुबहादुर तामाङ, मारलामा तामाङ र जीवन तामाङ छन् । उनीहरुलाई उद्धार गरी मेलाम्ची नगरपालिका वडा नं. ४ का वडाध्यक्ष दमाइसिंह लामाको सहयोगमा बिहीबार नै मेलाम्चीमा रहेको क्वारेन्टाइनमा पठाइएको राप्रपाका केन्द्रिय सदस्य तथा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रिय अध्यक्ष राजु लोहनीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...