नेकपाको सचिवालय बैठक आज बस्दै, यस्ता छन् मुख्य एजेण्डा

नेकपाको सचिवालय बैठक आज बस्दै, यस्ता छन् मुख्य एजेण्डा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । विभागको जिम्मेवारी र जिल्ला तहको इन्चार्ज टुङगो लगाउने विषयमा छलफल गर्न सचिवालयको बैठक आज बोलाइएको हो ।


दिउँसो १ बजे बालुवाटरमा बस्ने सचिवालय बैठकको ऐजेन्डा तत्कालीन केन्द्रीय विभाग प्रमुख र उप्रमुख, जिल्ला इन्चार्ज र सह–इन्चार्ज, केन्द्रीय आयोग प्रमुख र उपप्रमुख, ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्को नेतृत्व लगाएतका रहेको छ । पूर्व एमाले र माओवादीका भागबण्डामा विभागको नेतृत्वमा यसअघि नै सहमति गरिएको छ ।


प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठकबाट जिम्मेवारी टुङगो लाग्ने जानकारी दिए। कसले कुन विभाग, आयोग र इन्चार्जको नेतृत्व पाउनेमा विवाद छ । धेरैजसो विभाग, आयोग, जिल्ला इन्चार्ज, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार परिषद्मा एमाले माओवादीले के कति संख्यामा लिनेबारेमा टुंगो लागि सकेको छ ।


यसअघि नै नेकपाले ३२ विभागमध्ये १८ विभाग तत्कालीन एमाले १४ माओवादीले लिने सहमति भइसकेको छ । यस्तै, कुल ७७ जिल्ला इन्चार्जमध्ये एमाले ४६ माओवादी ३१ जिल्ला इन्चार्ज भागबन्डा भइसकेको छ ।


पार्टी विदेश विभाग प्रमुखमा माधवकुमार नेपाल, संगठन विभाग प्रमुखमा वामदेव गौतम, नीति अध्ययन प्रतिष्ठानको प्रमुखमा झलनाथ खनाल र अर्थ विभाग प्रमुख सुरेन्द्र पाण्डे हुने सहमति भएको छ ।


आजको बैठकले निर्णय गर्ने तयारी छ । अनुशासन आयोग अमृत बोहरालाई दिने आन्तरिक सहमति छ । स्कुल विभागमा नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेल दुवैजनाले दावी  गरेका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

६ हजार कर्मचारीको फेरी बिज्ञापन खोल्न लोकसेवालाई सकस, कहाँ पर्‍यो गाँठो ?

काठमाडौं । लोकसेवा आयोगलाई दोस्रो चरणको बिज्ञापन गर्न सकस परेको छ । आयोगले दोस्रो चरणमा स्थानीय त...