यी कलाकारहरुले भने, ‘कुरी कुरी समाज, कुरी कुरी कानुन !’

Rukum news kalakar

काठमाडौं । रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका वराज विकसहित ३ जनाको मृत्यु भएको घटनाले सिंगो देशलाई दुखाएको छ । के दलित या गैरदलित सबैको मनमा चोट पुगेको छ ।

आखिर नवराजको के गल्ति थियो र ? उनले त आफ्नो प्रेमलाई सफल पार्न केटी लिन जाजरकोटबाट पश्चिम रुकुम पुगेका थिए । तर सिंगो गाउँ नै उल्टिएर उनको समुहमाथि सांघातिक हमलामा उत्रियो । लखेटिलखेटी विकको समुहमाथि जाई ललाग्यो । अन्ततः ३ जनाको मृत्यु भयो । अझैं ३ जना बेपत्ता छन् ।

यो दर्दनाक घटनापछि देशभरबाट नवराज र उनको समुहमाथि सहानुभुती प्रदान गरिएको छ । दलित समुदाय आन्दोलनमा उत्रिएको छ । जातीय व्यवस्थाले पारेको प्रभावका विषयमा फेरि बहस चर्काई दिएको छ ।

अन्तरजातीय प्रेमका कारण जाजरकोटका २० वर्षिय नवराज विक र उनका साथीहरुको हत्या भएपछि नेपाली कलाकारहरूले यस्को खुलेर बिरोध गरिरहेका छन् ।

पछिल्लो समय निक्कै चर्चामा रहेका प्रकाश सपुतले त कविता नै लेखेका छन् । उनले लेखेका छन्, ‘दलित भएकै कारण ! प्रेम गरेकै कारण मर्नुपर्ने नियति देशकै लागि लज्जास्पद छ ! सारै दुखद छ । ‘कुरी कुरी समाज, कुरी कुरी कानुन !’

नायीका केकी अधिकारीले पनि सो घटनाको निन्दा गरेकी छन् । उनले भनेकी छन्, ‘के फुर्ति लाउनु समाज भनेर ? यस्तो छ हाम्रो समाज । यो हो वास्तविकता हाम्रो । परिवर्तित समाज रे । खै जसको लागि परिवर्तन हुनुपर्ने हो उस्को लागि जस्ताको तस्तै छ । अझ ध्वस्त छ यो समाज । यही समाजको अंश भन्न नि लाज हुने । मानवता नभएको समाज । छि !’

हास्य कलाकार मनोज गजुरेलले यो आपराधिक कार्यको निन्दा गर्दै दिवंगत युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली दिएका छन् । उनले सामाजिक सञ्जारलमा लेखेका छन्, ‘प्रकृतिको गर्भबाट जन्मिएको कोरोना भाइरस त एक न एकदिन समाप्त हुन्छ । तर, मान्छेको बिकारबाट जन्मिएको जातीय विभेद र अपराधको भाइरस अन्त्य हुने छाँट काँट देखिएन । अन्तरजातीय प्रेम–बिवाह गर्न खोज्ने रुकुममा दुई युवा मारिएका र पाँच जना बेपत्ता भएको खबर छ । यस्तो जघन्य अपराध रोक्न संबिधानको एन्टिबायोटिक र कानुनको भ्याक्सिनले मात्र पुग्ला जस्तो छैन । कडा भन्दा कडा उपचार के हुन्छ ? तुरुन्तै गर्न पर्यो ।’

गायक शिव परियारले सो घटनाको घार निन्दा गरेका छन् । उनले सो घटनामा संलग्नलाई कडाभन्दा कडा कारवाहीको माग गरेका छन् ।
‘हेर्नुस त देश भित्रै सामाजिक खाडल कति छ, डिलमा बसेर हेरेर खाडलमा जीवन भोग्नेहरुको पिडा कहाँ बुझ्न सकिन्छ र ? यो जात जातको बिभेद नहुँदो हो त जीवन कति सुन्दर हुने थियो । हार्दिक श्रदान्जलि नवराज बिश्वकर्माप्रति । कथित उपल्लो जातकी भनिएकी केटीलाई प्रेम गरेकै कारण मृत्युबरण गर्न पुगेउ, धेरै दुख लाग्यो । नेपाल सरकारसँग यहि माग गर्दछु नवराज बिश्वकर्माका हत्यामा संलग्न अपराधिहरुलाई कडा भन्दा कडा कारवाहि होस ।’

नायीका वर्षा सिवाकोटीले भनेकी छन्, ‘विश्व भनिनै रहन्छ, जात, वर्ग, लिंग केहिको भेद भाव छैन । तर हामी त नेपाली होनि (एक्दम फरक) शताब्दी भन्छ, २१ चरण मा पो छौ , उइलेको कुरा नगर , तर हामी नेपाली होनि (एक्दम फरक) प्रेम भन्छ, म अन्धो छु, मन मात्र हेर्छु तर हामी नेपाली होनि, उपहारमा मृत्यु दिन्छौ (एक्दम फरक) खै कहिलेसम्म नेपाली होनि भनेर गर्व गर्नु ....। विरोध त सधै गरिन्छ तर येस्ता घटना पनि भैनैरहन्छ ... के यो सब को अन्त्य कतै छ ? हृदय देखि प्रेम गर्नु अपराध हैन, हत्या गर्नु अपराध हो ।’

 

हेर्नुहाेस् कसले के भने ?

प्रतिकृया दिनुहोस