सरकार गतिशील बनाउन मन्त्री परिवर्तनः देवेन्द्र पौडेल

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकारको काम–प्रभाबाकारी नभएकोले मन्त्री तत्काल परिर्वन गर्नुपर्ने बताएका छन् । प्रदेश ५ को बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता पौडेलले सरकार सुशासनको दिशामा कमजोर देखिएको बताए ।

नेता पौडेलले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाए । देखिनेगरी सरकारले नतिजा निकाल्न नसक्नुमा मन्त्रीको भूमिका रहेको भन्दै उनले  सरकार गतिशील बनाउन मन्त्री परिवर्तन गर्नुपर्ने बताए ।

साथै तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको पालैपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने बताएका छन् । सरकार र पार्टीको नेतृत्व आलोपालो गर्नेगरी विगतमा तत्कालीन एमाले र माआवादी केन्दका नेताबीच पाँचबुँदे सहमति भएकै हो’, सार्वजनिक नै भइसकेको विषय लुकाउनुपर्ने कुनै कारण छैन । विगतको यही सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्छ ।’

नेकपा नेताबीच विगतमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि यसलाई लिएर नेताहरू विभाजित छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली निकट नेता यही सरकारले ५ वर्षसम्मै नेतृत्व गर्नुपर्ने पक्षमा छन् भने तत्कालीन माओवादीभित्रका तथा बाहिरका केही नेता भने विगतको भद्र सहमति पालना गरेर अघि बढ्नुपर्ने पक्षमा छन् ।

प्रचण्डनिकट नेता पौडेलले सरकारमा ओलीको नेतृत्व परिवर्तन हुने र त्यो भूमिका पार्टीका अर्का अध्यक्ष प्रचण्डले गर्ने दाबी गरे ।  तर, सरकारको नेतृत्व परिवर्तनको समय भने आइनसकेको उनको भनाइ थियो ।




प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेर्नुहोस् आज शुक्रबारको राशीफल

Rasifal 1 12

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई ...