नेकपाको सचिवालय बैठक सुरु, भीम रावल र प्रदीप ज्ञवाली पनि सहभागी

Nekapa sachibalaya

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

अहिलेको बजेट अधिवेशनबाटै एमसिसीको टुंगो लगाउन आजको बैठकमा नेकपाले वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वमा बनाएको एमसिसीको कार्यदलका सदस्यद्वय भीम रावल र प्रदीप ज्ञवालीलाई पनि बोलाइएको छ ।

बजेट, एमसिसी र नेपाल(भारत सम्बन्धका विषयमा छलफल गर्न आज सचिवालय बैठक बोलाइएको हो । बजेटका विभिन्न पक्षमा छलफल गर्नुपर्ने भएकाले आजको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडालाई पनि बोलाइएको छ । सचिवालयले नेपाल भारत सम्बन्ध र बजेटका विभिन्न पक्षमा छलफल गर्नेछ ।

यसअघि बसेको सचिवालय बैठकले सरकारको नीति तथा कार्यक्रमलाई अन्तिमरुप दिएको थियो । जेठ दुई गते बसेको बैठकले नै लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने कुरालाई औपचारिकता दिएको थियो ।

प्रतिकृया दिनुहोस