३९ वटा अनलाइनलाई काउन्सिलको सचेतपत्र, ८ वटा पूरै गरियो ब्लक (सुचीसहित)

Online news block

काठमाडौं । प्रेस काउन्सिल नेपालले कोरोना संकटका बेला परिवारलाई तनाव हुनेगरी हतारमा झूठो जथाभावी तथ्यहीन समाचार सम्प्रेण गरेर भ्रम फैलाएको भन्दै काउन्सिलले ३९ वटा अनलाइन सन्चार माध्यमलाई गल्ती नदोहोर्‍याउन कडा निर्देशन दिएको छ ।

बुधबार रूपन्देहीको किमसन अस्पतालमा उपचार गराइरहेका गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको भन्दै ८ वटा अनलाइनहरुलाई काउन्सिलले नेपालभित्र प्रसारण नहुने गरी बन्द गरेको हो ।

प्रेस काउन्सिलको इतिहासमा पत्रकार आचारसंहिताअन्तर्गत एकैदिन यतिधेरै कारवाही भएको यो पहिलो घटना हो ।

काउन्सिलले ८ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई देशैभरिबाट प्रकाशन/प्रसारण नहुने गरी ब्लक गरेको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै झुटो समाचार छाप्ने ३९ वटा अनलाइनलाई कारवाही गरेको बताएका छन् ।

उनले भनेका छन ‘गुल्मीका शिक्षक उपचार क्रममै हुनुहुन्छ । हिजो परिवारलाई तनाव हुनेगरी हतारोको, झूठो समाचार सम्प्रेषण गर्ने ३९ वटा अनलाइन सन्चार माध्यमलाई गल्ती नदोहोर्‍याउन कडा निर्देशन दिइनुका साथै ८ वटालाई नेपालभित्र प्रशारण नहुने ब्यवस्था मिलाइएको छ ।’

यसअघि पनि प्रेस काउन्सिल नेपालले कोरोना भाइरस संक्रमणबारे अनावश्यक भ्रम फैलाउने १४ अनलाइनलाई नेपालभर नखुल्ने गरी ब्लक गरेको थियो भने ३६ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टीकरण सोधेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...