सिन्धुली अस्पतालका पाँच कर्मचारीको कोरोना र्‍यापिड टेस्ट पोजिटिभ

10rwmzi4mgskcpy3hm9t

काठमाडौँ । सिन्धुली जिल्लामा पाँच जनामा कोरोना भाइरस (कोभिड-१९) र्‍यापिड टेस्ट पोजिटिभ देखिएको छ । सोमबार सिन्धुली अस्पतालमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) रिपोर्ट अनुसार पाँच जनामा कोरोना पोजिटिभ देखिएको सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिए ।

‘अस्पतालले आफ्ना स्वास्थ्यकर्मीसहित अन्य कर्मचारीहरुमा गरेको र्‍यापिड टेस्टमा पाँच जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो । उनले भने, कर्मचारीहरुको र्‍यापिड टेष्ट गर्नेकार्य भइरहेको छ,’।

अस्पतालका सबै कर्मचारीहरुमध्ये आधाको मात्र र्‍यापिड टेस्ट सकिएको छ । त्यस मध्येमा पाँच जनामा पोजिटिभ देखिएको हो । अन्य कर्मचारीहरुको पनि टेस्ट भइरहेको छ । अस्पतालले हालसम्म कति जना कर्मचारीहरुको टेस्ट गरिएको हो भन्ने खुलाएको छैन् ।

उता कर्मचारीहरुको र्‍यापिड टेस्टमा कोरोना पोजिटिभ देखिएपछि सिन्धुली अस्पतालका प्रवक्ता डाक्टर प्रसन्न राजभण्डारीले सबैमा सजक रहन र धैर्य गर्न भनेका छन् । उनले भने, ‘अस्पतालका कर्मचारीहरुको र्‍यापिड टेस्ट गर्दा कोरोना पोजिटिभ देखिएको छ ।

सबै कर्मचारीको टेस्ट सकिन अझै केही समय लाग्छ । यस्तो अवस्थामा सबै सजक र धैर्य हुनु जरुरी छ ।’ र्‍यापिड टेस्ट गर्दा पोजिटिभ आएकाहरुको पुनः र्‍यापिड टेस्ट गर्ने र पीसीआर टेष्टका लागि थ्रोट स्वाब संकलन गर्ने र परिक्षणमा पठाउने कार्यपनि तत्काल गरिने डाक्टर राजभण्डारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...