स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि धनकुटा बजारक्षेत्र सिल

अटेर गरी हिड्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिने

Dhankuta hospital 20200518012603

धनकुटा । जिल्ला अस्पताल धनकुटामा कार्यरत नर्समा कोरोना संक्रमण रहेको पुष्टि भएपछि अस्पताल आसपाससहित बजार क्षेत्रलाई सिल गरिएको छ । आइतबार राति आकस्मिक बसेको जिल्ला संकट व्यवस्था समितिको बैठकले अस्पताल आसपासका क्षेत्रलाई सिल गरेको हो ।

चार किल्ला कायम गरी अर्को आदेश नभएसम्मका लागि सिल गर्ने निर्णय गरिएको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी तथा कोभिड १९ कमान्ड फोर्स धनकुटा सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।

संक्रमित स्वास्थ्यकर्मी गएका सभ्भावित क्षेत्रको जोखिमलाई मध्यनजर गर्दै बजार क्षेत्र सिल गरिएको श्रेष्ठले बताए। श्रेष्ठका अनुसार सिल गरिएको क्षेत्रमा अटेर गरी हिड्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिन सक्नेछ ।

धनकुटा–७ को भेटेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रदेखि, बसपार्क, बसपार्कदेखि जिरो प्वाइन्ट, जिरो प्वाइन्टदेखि परिचय मोड, परिचय मोडदेखि यलम्बर चोक, यलम्बर चोकदेखि सिनेमा हल, सिनेमा हलदेखि याक्चना घाट जाने त्रिवेढाी चोकसम्मको क्षेत्रलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सिल गरिएको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ । संक्रमित पुष्टि भएकी स्वास्थ्यकर्मीलाई आइतबार साँझ देखिनै अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ। सोमबार ८ बजे कोरोना अस्पताल विराटनगर पठाइने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...