नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुग्यो

2020 05 17 bikash devkota 6473805

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । आइतबार बाँकेको क्वारेन्टाइनमा रहेका २५ वर्षीय पुरुषको कोरोना भाइरसकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नरैनापुर ५ का २५ वर्षीय युवकको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको हो ।

गत वैशाख ३० गते भारतबाट आएका ती युवकमा गएरातिबाट ज्वरो र झाडापाखालालगायत समस्या देखिएको थियो । उनको आज बिहान क्वारेन्टाइनमै मृत्यु भएको हो । उनको स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए । घटनाको विवरण आउन बाँकी रहेको उनले बताए ।

यसअघि धुलिखेल अस्पतालमा २९ वर्षीया सुत्केरी महिलाको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...