अब उपत्यकाका भित्री सडकमा हिड्न प्रतिवन्ध, हिडे कारवाही

Sadak 1

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम र नियन्त्रणलाई थप प्रभावकारी बनाउन काठमाडौंमा लकडाउनमा कडाइ गरिने भएको छ ।

जारी लकडाउनलाई थप प्रभावकारी बनाउन प्रशासनले अब विभिन्न बहानामा भित्री सडक तथा गल्लीमा निस्किने व्यक्तिलाई पनि पक्राउ गर्ने तयारी गरेको छ । यसअघि काठमाडौंका मूल सडकलाई प्राथमिकतामा राखेर प्रहरी लकडाउन कार्यान्वयमा खटिएको थियो ।

काठमाडौंका मूल सडक, भित्री सडक र गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको भीड भएको भन्दै जिल्ला प्रशासन कार्यालयले थप कडाई गरेको हो ।

सडकमा बिनापास निस्किएमा प्रचलित कानुनबमोजिम कारबाही हुने पनि प्रशासनले जनाएको छ । मानिसको अनावश्यक भीड नियन्त्रण गर्न यो नियम लागू गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत मानबहादुर बुढाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...