सरकारका कार्यक्रम : रेलमार्गदेखि खेतमा फुल रोप्नेसम्म

Bidhya bhandari 2 2

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा वीरगञ्ज-काठमाडौं र रसुवागढी–काठमाडौं रेलमार्ग निर्माणको प्रारम्भिक काम सुरु गर्ने घोषणा गरेको छ ।

शुक्रबार सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रारम्भिक अध्ययन प्रतिवेदन प्राप्त भइसकेकोले अब निर्माणको प्रारम्भिक काम सुरु गर्ने बताएकी हुन् ।

नीति तथा कार्यक्रममा पूर्वापश्चिम रेलमार्गको काँकडभिट्टा–ईनरुवा खण्डको निर्माणको पनि काम प्रारम्भ गर्ने उल्लेख छ । पूर्व–पश्चिम रेलमार्गको एउटा बाहेक सबै खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ ।

त्यसैगरी सरकारले आगामी आर्थिक वर्षमा बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन बिस्तार गर्ने भएको छ । यसले पेट्रोलियम पदार्थको ढुवानीमा सहजता हुने र वातावरणीय प्रदुषण पनि न्यून हुने सरकारले विश्वास लिएको छ ।

आगामी आर्थिक वर्षमा नै भारतको सिलिगुढीदेखि झापाको चारआलीसम्म पेट्रोलिय पाइपलाइनको निर्माण प्रक्रिया अगाडि बढाइने सरकारको योजना अघि बढाएको छ । चितवन, झापा र सर्लाहीमा पेट्रोलियम पदार्थ भण्डारणको निर्माण कार्य पनि अघि बढाइने बताइएको छ ।

नेपालमा मुलुकभरबाट तुइन विस्थापित गर्ने सरकारको प्रतिबद्धता पूरा भएको छ । सरकारले देशलाई सडक मानवमुक्त बनाइने भएको छ ।
सरकारले खेतका आलीमा समेत बिरुवा लगाउन अभिप्रेरित गर्ने भएको छ ।

सरकारले आगामी आर्थिक वर्षमा सहरी भेगभित्र कौशीमा र गाउँमा खेतका आलीमा समेत बिरुवा लगाउन अभिप्रेरित गर्ने नीति लिने भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले खेतका आली तथा कौशीमा दलहनलगायतका बिरुवा रोप्न प्रोत्साहन गर्ने नीति सरकारले लिने बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...