भारतीय दुतावासको पत्रको जवाफ परराष्ट्रले दिनुपर्छः मन्त्री खनाल

भारतीय दुतावासको पत्रको जवाफ परराष्ट्रले दिनुपर्छः मन्त्री खनाल

काठमाडौँ । कृषि तथा पशुपंछी विकास मन्त्री चक्रपाणि खनालल भारतीय दुतावासको पत्रको जवाफ परराष्ट्रले दिनुपर्ने बताएका छनु् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले विषादी परीक्षण रोक्न भारतीय दुतावासले पत्र पठाएको भन्न् सन्दर्भमा उठाईएको प्रश्नमा मन्त्री खनालले भने,‘त्यो पत्र परराष्ट्र मन्त्रालयमा आएको हो ।

हामीलाई पनि बोद्यार्थ थियो । यो पत्र भनेको दुई देशबीचको सम्बन्धको कुरा हो, डब्लु.टि.ओ.अनुसार पत्र आएको हो । यो सामान्य पत्र हो । तर, यसको जवाफ हामीले भन्दापनि परराष्ट्रले दिनुपर्छ ।’

गत वर्ष यतिवेला ५३ प्रतिशत धान रोपाई भएको सुनाउँदै खनालले यो वर्ष आजको दिनसम्म जम्मा ३० प्रतिशत मात्रै धान रोपाई भएको सुनाए । उनले भने,‘अहिले किन घट्यो भनेर संशय पैदा भएको छ । तर, राम्रो वर्षा भयो भने हामी कभर गर्छौं ।’

नेपालमा मलको अपर्याप्तता रहेको भएपनि अहिले तत्काललाई अभाव नहुने उनले विश्वास दिलाए । उनले भने,‘हामीसँग युरिया पर्याप्त छ ।’

विप्लव समूह सशस्त्र हिंसामा आउँछ भनेर सरकराले पनि त्यस्तै जवाफ दिने उनको चेतावनी छ । तर, यदि वार्तामा आउन चाहन्छ भने सरकारले वार्ताको लागि ढोका खुल्ला राख्ने उनले स्पष्ट पारे । उनले भने,‘विप्लव समूह कमसेकम हिंसा त्यागेर वार्तामा आउनुपर्छ ।’


प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

६ हजार कर्मचारीको फेरी बिज्ञापन खोल्न लोकसेवालाई सकस, कहाँ पर्‍यो गाँठो ?

काठमाडौं । लोकसेवा आयोगलाई दोस्रो चरणको बिज्ञापन गर्न सकस परेको छ । आयोगले दोस्रो चरणमा स्थानीय त...