सुरक्षाकर्मीमा भटाभट देखिन थाल्यो कोरोना संक्रमण, कपिलवस्तुमा ४ प्रहरी कोरोना पीडित

Corona updet 31

काठमाडौं । काठमाडौंमा सुरक्षाकर्मीलाई कोरोना संक्रमण फैलिएसँगै सुरक्षाकर्मीहरु तनावमा थिए । तर फेरि अर्काे दुःखद कुरा कपिलबस्तुमा चार सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

आज बेलुकी ८ जना संक्रमितमध्ये सीमा सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीका नायव निरीक्षक (सई), इप्रका कृष्णनगरमा कार्यरत नेपाल प्रहरीका नायव निरीक्षक (सई), राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक निरीक्षक (असई) र नेपाल प्रहरीका हवल्दार कोरोना संक्रमित भएका छन् ।

नेपाल भारत सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी नै संक्रमित भएपछि सीमावर्ती क्षेत्रबाट नेपाल प्रवेश गर्ने जोखिम बढेको छ । आज संक्रमित बाँकी ४ जना भने भारतका विभिन्न ठाउँबाट भित्रिएका व्यक्ति हुन् ।

संक्रमित हवल्दार प्रहरी निरीक्षकका सवारी चालक हुन् । प्रहरी निरीक्षकसहित अन्य सुरक्षाकर्मीको स्वाब परीक्षण रिपोर्ट आउन बाँकी रहेको सुरक्षा स्रोतले जनाएको छ ।

कपिलबस्तुमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३५ पुगेको छ । जसमध्ये एक जना कपिलबस्तु अस्पतालमा कार्यरत नर्स पनि थिइन् ।

प्रतिकृया दिनुहोस