फेरि थपियो २४ जनामा संक्रमण, २४३ पुग्यो नेपालमा संक्रमितको संख्या

Corona update

काठमाडौं । बुधबार साँझ नेपालमा फेरि २४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो सँगै नेपालमा कोरोना संक्रमतिको संख्या २४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्याका डा. समिरकुमार अकिारीका अनुसार रुपन्देहीमा १२, कपिलबस्तुमा ११ र नवलपरासीमा १ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण देखिएकाहरुमा रुपन्देहीका २२,२२,२५,२८,३०,३२,३२,३३ र ४१ वर्षका पुरुषहरु ४,१०,२८ वर्षीया महिला छन् । त्यसैगरी कपिलवस्तुका २२,२९,३२,४०,४०,४०,४२,४२ वर्षीय पुरुष, पर्सा निवासी ३६ र ७४ वर्षीय पुरुष,३६ वर्षीया महिला र नवलपरासीका ३६ वर्षीय पुरुष छन ।

हाल उनीहरुको स्वास्थ्य अवस्था ठिक रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

नवलपरासीमा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।  

प्रतिकृया दिनुहोस