भैंसेपाटीको प्रहरीे हिरासतबाट भागेका दुई बन्दी बौद्धबाट पक्राउ

भैंसेपाटीको प्रहरीे हिरासतबाट भागेका दुई बन्दी बौद्धबाट पक्राउ

काठमाडौं ।  भैँसेपाटीको प्रहरी हिरासतबाट भागेका दुई बन्दी बौद्धबाट पक्राउ परेका छन् ।  यही असार  २३ गते महानगरीय प्रहरी प्रभाव बुङ्गमति, भैंसेपाटीको हिरासत कक्षको शौचालयको झ्यालमा रहेको फलामको ग्रील काटेर फरार भएका व्यक्ति बुधबार बौद्धबाट पक्राउ गरेको हो । 

प्रहरीले बुधबार साँझ जारी गरेको वक्तव्यमा विगत केही समयदेखि काठमाडौं उपत्यका भित्र चोरीको कार्यमा संलग्न मानिसको खोजी गर्ने क्रममा चोरी, डाँका तथा लागू औषध मुद्धामा पक्राउ परी आवश्यक अनुसन्धान कार्य भइ रहेका ती व्यक्तिहरु भैंसेपाटीस्थित हिरासत कक्षबाट भागेकोमा हिजो साँझ ७ बजे उनीहरु बौद्धबाट पक्राउ परेको जनाइएको छ ।

प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा विकास उर्फ रुपेश भन्ने  रामेछाप नगरपालिका वडा नं ५का २५ वर्षीय रुद्रलाल श्रेष्ठ र रामेछाप नगरपालिकाकै वडा नं ५ का २५ वर्षीय शमसेर माझी रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवा आयोगको अत्यन्त जरुरी सुचना

काठमाडौँ । लोक सेवा आयोगले सुचना जारी गर्दै लिखित परिक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरे...