एकै दिन ७४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा २०८ पुग्यो संक्रमितको संख्या

Covid 19 corona lab 1024x682

काठमाडौं । एकै दिन ७४ जनामा कोरोना भाइरस रोगको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २०८ पुगेको छ ।

नेपालमा पहिलोपटक स्वास्थ्यकर्मी र पत्रकारलाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ । पर्सामा नेपाल पत्रकार महासंघका पदाधिकारीसहित ४ जना पत्रकार र कपिलवस्तुमा १ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए ।

आज यसअघि ५७ जनामा पुष्टि भएको थियो ।

प्रतिकृया दिनुहोस