बेलायतमा कोराना संक्रमणबाट ६० जना नेपालीको मृत्यु

Nepalese embassy london

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ज्यान गुमाउने नेपालीको संख्या ६० पुगेको छ ।

लण्डनस्थित नेपाली दूतावासले अहिलेसम्म ५० जना पुरुष र १० जना महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जनाएको छ ।

ज्यान गुमाउनेहरुमध्ये ४९ जना पूर्वगोरखा र उनीहरुको परिवारका सदस्य छन् भने ११ जना अन्य रहेका छन् । यसअघि ४४ जनाको मृत्यु भएको थियो ।

दूतावासका प्रवक्ता शरदराज आरनले गोरखा वेलफेयर ट्रष्ट, गोरखा भूतपूर्व सैनिकका संस्था तथा बेलायत सरकारले उपलब्ध गराएका तथ्याङ्कलाई पुर्नपुष्टि गरेर यो तथ्याङ्क सार्वजनिक गरिएको जानकारी दिएका छन् । थप पाँच जनाको भने पुर्नपुष्टि हुन बाँकी नै रहेको दूतावासले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...