१० बाम घटकले गरे भारतको विरोध

Flag communist party

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) सहितका १० वाम घटकले भारतले एक पक्षीय रुपमा चीनसँग जोड्न नेपाली भू–भाग लिपुलेकमा सडक निर्माण गरेकोमा आपत्ति जनएका छन् ।

१० वटा बाम दलले शनिवार सयुक्त विज्ञप्ती निकाल्दै भारतीय सरकारले सडक निर्माण गर्ने क्रममा नेपालको सार्वभौमिक अखण्डताभित्र दार्चुला जिल्लामा पर्ने गुञ्जीदेखि कालापानी हुँदै नाभिढाङसम्म झण्डै २२ किमी भूभागमा समेत सडक निर्माण गरी त्यो सडकलाई लिपुलेकसम्म पुर्याइ चीनको मानसरोवरसँग सम्बन्ध जोड्ने कार्यको कडा शब्दमा बिरोध तथा भर्त्सना गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारले कालापानी सहितको भूभागलाई आफ्नो नक्सामा सामेल गरेको कार्यको विरोधमा नेपाली जनताले विरोध गर्दै आएका छन् । त्यो नक्साको नेपाल सरकारले विरोध गरेपनि त्यसबारे अहिलेसम्म कुनै प्रभावशाली कदम उठाउन सकेको छैन । यहाँसम्म कि उक्त भूमिलाई नेपालमा देखाएर नक्सा प्रकाशित गर्ने कामसम्म सरकारले गर्न सकेको छैन ।’

प्रतिकृया दिनुहोस