पूर्व राजाले भने, भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु पूर्णतः गलत

Gyanendra shah

काठमाडौं । भारतले एकतर्फी रुपमा नेपालको सीमा मिचेर सडक निर्माण गरेकामा पूव राजा ज्ञानेन्द्र शाहले भारतीय कार्य गलत भएको बताएका छन् ।

लिपुलेक क्षेत्रमा भारतले नेपाली भूमि भएर निर्माण गरेको सडकको शुक्रबार मात्रै उद्घाटन गरेपछि अहिले चातर्फि विरोध भइरहेको छ । यो कार्यको विरोध गर्दै पूर्व राजा शाहले आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व भएको बताएका छन् ।

‘आफ्नो मुलुकको सीमा क्षेत्र सुरक्षित राख्नु सरकारको पहिलो दायित्व भएको भन्दै यो गलत हुन्छ, पहिले देखि नै दुवै पक्षले टुंग्याउन बाँकी रहेको भनिएको अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु पूर्णतः गलत हो’ लिपुलेकको विषयलाई लिएर ट्वीट गर्दै भनेका छन्, ‘सरकारबाट हुने यस्ता संवेदनशील कमजोरी तुरुन्त कुटनीतिक तहबाट हल हुनु अनिवार्य देखिन्छ ।’

यसअघि पनि पूर्व राजा शाहले भारतले नेपाली भुमीमा अतिक्रमण गरेको विषयमा विरोध जनाएका थिए । शनिबार गरिएको ट्वीटमा कुटनीतिक भाषामा भारतीय कार्यको विरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस