बनेपामा बसमै महिलालाई सिरिन्ज हान्ने स्याङ्जाका शिक्षक पक्राउ

बनेपामा बसमै महिलालाई सिरिन्ज हान्ने स्याङ्जाका शिक्षक पक्राउ

काठमाडौं । बसमा यात्रा गरिरहेकी एक महिलालाई ‘सिरिन्ज’ हानेको अभियोगमा एक जना युवा बनेपाबाट पक्राउ परेका छन् । स्याङ्जा वालिङ नगरपालिका-१३ घर भई बनेपा बस्दै आएका ३४ वर्षीय खगेन्द्रप्रसाद पाठकलाई बनेपास्थित इलाका प्रहरी कार्यालयले पक्राउ गरेको हो । उनी स्याङ्जा वालिङको सरस्वती माध्यमिक विद्यालयका शिक्षक भएको खुलेको छ । 

‘तीखो’ चिजले घोचेपछि ती महिला बसमै कराएकी थिइन् । आक्रमण गर्ने पाठक महिलाको नजिकै थिए । यात्रुहरुले पाठकलाई कुटपिट गरी बाहिर निकालेका थिए । काभ्रेका प्रहरी उपरीक्षक जयराज सापकोटाका अनुसार बसभित्रै ती युवाले सिरिन्ज हानेपछि यात्रुहरुले कुटपिट गरी बाहिर निकालेका थिए । 

उनलाई बनेपा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । पीडित महिलालाई उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको सापकोटाले बताए । घटनापछि आक्रोशित बसका यात्रु तथा स्थानीयले इलाका प्रहरी कार्यालय बनेपामा प्रदर्शन गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवा आयोगको अत्यन्त जरुरी सुचना

काठमाडौँ । लोक सेवा आयोगले सुचना जारी गर्दै लिखित परिक्षाको प्रश्नपत्र सामाजिक सञ्जालमा पोस्ट गरे...