आफ्नो देश फर्काउन माग गर्दै चिनियाँ नागरिकले गरे प्रदर्शन, ४५ जना पक्राउ

Chinese protest

काठमाडौं । नेपालमा रहेका चिनियाँ नागरिकहरुले आफ्नो देश फर्किन पाउनुपर्ने माग गर्दै सिंहदरवारमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा ४५ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार दिउँसो सिंहदरबारको मुख्य गेट अगाडी उनीहरु प्ले कार्डसहित घर फर्काउन आग्रह गर्दै धर्नामा बसेका थिए ।

निषेधित क्षेत्र तोडेपछि प्रहरी र उनीहरुबीच झडप भएको थियो । झडपमा परी दुई जना चिनियाँ नागरिक घाइते भएका थिए । चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरीबहादुर बस्‍नेतसहित ४ जना प्रहरी घाइते भएका थिए ।

२० जनाभन्दा बढी रहेका उनीहरु ‘वी वान्ट टू गो ब्याक होम’ लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडि धर्ना बसेका थिए । प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन खोजे पनि हट्न नमान्दा झडप भएको थियो ।

लकडाउनका कारण अन्तर्राष्ट्रिय हवाई सेवा बन्द छ । तर, उनीहरुले आफ्नो देश फर्किन पाउन व्यवस्था मिलाउन आग्रह गरेका छन् । चिनियाँ दुतावासले यस विषयमा अहिलेसम्म केही बोलेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...